No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रभु साहद्वारा आम जनता पार्टी गठन

0

काठमाडौं । नेकपा एमाले त्यागेर स्वतन्त्ररुपमा चुनाव लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साहको नेतृत्वमा आम जनता पार्टी गठन भएको हो । ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति समेत गरिएको छ ।

बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ । जस अनुसार प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।

त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार १२:०९

Leave a Reply