No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मोहनशम्सेर, त्रिभुवन, मातृकाप्रसाद र वीपीदेखि पाकिस्तानका सवालहरूमा नेहरूका निर्णयहरूमा उनको छाप थियो

0

केशवप्रसाद भट्टराई। 
प्रजातान्त्रिक व्यवस्था कसरी चल्दछ ? र राजनीतिक नेतृत्व के हो र प्रशासक के हो भन्ने बारे भारतीय प्रधानमन्त्री नेहरू र विदेश सचिव गिरिजा शङ्कर बाजपेयीको कुराकानीको एउटा सन्दर्भ

१. सन् २०१३ मा अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा गएको बखत पार्किङ् नियम उल्लङ्घन गरे वापत ब्रिटिस प्रहरीले हिलारी क्लिन्टनलाई ४० पाउण्ड जरिवाना तिरायो । क्लिन्टनले आफ्नो क्रेडिट कार्डद्वारा सो रकम तिरिन् । स्मरण रहोस, क्लिन्टनका सहयोगी र सुरक्षा अधिकारीले प्रहरीलाई उनी ब्रिटिश सरकारकी विशिष्ट अतिथि र अमेरिकी विदेश मन्त्री भएको बताएर जरिवाना न लगाउन अनुनय –विनय र एक किसिमले चेतावनी पनि दिए तर ती ब्रिटिश प्रहरी अधिकारीले भने मलाई मेरो देशको कानुन पालना गराउने जिम्मेवारी राज्यले दिएको छ ।

२. ब्रिटिश प्रहरीले २०२०मा तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सन र उनका अर्थमन्त्री ऋषि सुनक (हाल प्रधान मन्त्री)लाई कोरोना र लकडाउनको प्रोटोकल उल्लङ्घन गरेर प्रधान मन्त्रीकै निवाशमा जन्मदिन समारोह मनाएको भनेर जरिवाना तिराएको थियो । प्रधानमन्त्री, अर्थमन्त्री आदिले सार्वजनिक रूपमै क्षमा मागेर जरिवाना तिरेका थिए । हालै ब्रिटिस प्राधनमन्त्री ऋषि सुनकले गाडीमा सिट बेल्ट नलगाई यात्रा गरेछन् – ब्रिटिस प्रहरीले उनलाई जरिवाना तिरायो र प्रधानमन्त्रीले माफी मागे ।

३. गोपनीय सरकारी कागजात आफ्नो निजी घरमा राखेको अभियोगमा अमेरिकी राष्ट्रपतिको निजी निवाशमा अमेरिकी न्याय मन्त्रालय र सङ्घीय अनुषन्धान विभागले छापा मार्यो । १३ घण्टा सम्म खानतलाश गर्यो ।

४. २०१७ मा ३७ वर्षको उमेरमा जेसिका आर्डेर्न न्युजिल्याण्डको प्रधानमन्त्री भइन् । प्रधानमन्त्रीको रूपमा यति महत्वपूर्ण र विशिष्ट जिम्मेवारीको पदमा रहिरहन आफूसँग कुनै नयाँ नीति र कार्यक्रम नभएकोले पदमा रहिरहने आवश्यकता नदेखेकोले पद त्याग गर्ने निर्णय गरेको बताइन ।

५. ‘ट्याक्स घटाउने, अर्थतन्त्रमा सुधार गरेर ठूलो आर्थिक वृद्धि हाँसिल गर्ने र ब्रेग्जिटबाट प्राप्तहुने लाभहरू मुलुकलाई उपलव्ध गराउने आफ्नो पार्टीको म्यान्डेट लिएर प्रधानमन्त्री भएको तर विद्यमान परिस्थितिमा पार्टीले मलाई दिएको सो म्याण्डेट अनुरूपका लक्ष प्राप्त गर्न नसकिने लागेकोले आफूले प्रधान मन्त्रीको पदबाट राजिनामा दिने कुरा राजालाई जानकारी गराएको’ सार्वजनिक जानकारी गराएर उनी राजा समक्ष राजीनामा दिन गएकी थिइन् । उनले हनिमुन पिरियड पनि मागिनन्, ४४ दिनमात्रै पदमा रहेर बिदा भइन् ।कसैलाई दोष दिइनन् ,राजनीतिक आत्मरक्षाकोलागि कुनै तर्क, वितर्क वा कुतर्क नगरी सरक्क पद छोडेर हिडिन् ।

. प्रजातान्त्रिक मुलुकमा यस्ता दर्जनौ सँस्था हुन्छन्, देश तिनले चलाउँछन् । राष्ट्रपति , प्रधान मन्त्री, मन्त्री परिषदले शासन गर्दैनन्, उनीहरूले कानुन बनाउने, विधि र पद्धति निर्माण गर्ने काममा संसदलाई सहयोग गर्दछन् । नीति निर्माण गर्दछन् । शासन त प्रहरी, निजामती प्रशासन र अन्य राज्य निकायले गर्ने हो ।

. एक चोटी एउटा सन्दर्भमा भारतीय निजामती सेवाका सचिव र कूटनीतिज्ञ गिरिजा शङ्कर बाजपेयीले त्यस बखतका सर्व शक्तिमान प्रधानमन्त्री जवाहरलाल नेहरूको आदेश अनुरूप काम गरेनन् । नेहरू उनकै कार्यकक्षमा गए र आफ्नो असन्तुष्टि व्यक्त गरे । अनि बाजपेयीले भने श्रीमान् हामी आदेश होइन कानुन (Rule) पालना गर्दछौँ । स्मरण रहोस रूल (Rule) भनेको शासन संचालनकालागि निर्धारित नियम, कानुन, सिद्धान्त, विधि र प्रक्रिया समेत हो । अनि नेहरूले भने ‘It is me who make the rules’ अर्थात् कानुन बनाउने भनेकै म हो, म कानुन बनाउँछु । अनि बाजपेयीले फेरी भने –Sir, you make the rules, but we rule श्रीमान् तपाइँहरू कानुन बनाउनु हुन्छ तर शासन हामी गर्छौँ ।

८. जवाहरलाल नेहरूले स्वतन्त्र भारतको प्रधानमन्त्री पदको शपथ लिए, तर उनका लागि निर्धारण गरिएको कक्ष विदेश मन्त्रालयका प्रमुख सचिव अर्थात् सेक्रेटरी जनरल सर गिरिजाशङ्कर बाजपेयीको कार्यकक्ष थियो । वाजपेयीको कार्यकक्ष रहेको साउथ ब्लकको उक्त भवन र कार्यकक्ष ठूलो थियो, सुन्दर र आकर्षक थियो –त्यसैले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्रीलाई त्यो भवन र त्यो कार्यकक्ष रोजिएको थियो । बाजपेयीलाई अर्को कार्यकक्ष व्यवस्थापन गरेर प्रधानमन्त्रीलाई सो कार्यकक्ष उपलव्ध गराउन केही दिन आवश्यक थियो र सरकारी अधिकारीहरू र प्रधानमन्त्रीका सहयोगीहरूले डराई डराई सङ्कोचपूर्वक नेहरूलाई सो बताए । नेहरूले हत्त न पत्त भने–भो भो त्यो कक्षमा उहाँ नै बस्नुहुन्छ, मलाई अन्यत्रै कतै व्यवस्थापन गरे हुन्छ । अनि साउथ ब्लकको अर्को भवनको एउटा सानो कक्षलाई नेहरूले आफ्नो कक्ष बनाए ।

९. गिरिजा शङ्कर बाजपेयी असाधारण क्षमताका व्यक्ति थिए । विश्व राजनीतिका महा पण्डित नै थिए । भारतका कुनै पनि प्रशासक र राजनीतिज्ञ उनीसँग दच्किने –हच्किने गर्दथे । स्वयम् नेहरू उनीसँग धक मान्थे र उनको अगाडि आफूलाई सामान्य राख्न उनी प्रयास गर्दथे । असाधारण ज्ञान, अनुभव, नेतृत्व र निर्णय क्षमताका कारण हरेक महत्वपूर्ण विषयमा नेहरू उनकै परामर्श माग्दथे र त्यसलाई अनुमोदन गर्दथे । बाजपेयीको स्वास्थ्यले अनुमति नदिएकोले उनलाई विदेश मन्त्रालयको सचिवबाट तत्कालीन बम्बैको राज्यपाल बनाइएको थियो र १९५४मा उनको निधन पनि भयो । मोहन समशेर, राजा त्रिभुवन, मातृकाप्रसाद र वीपीदेखि लिएर सिक्किम, भुटान चीन र पाकिस्तानका सवालहरूमा नेहरूका निर्णयहरूमा उनको छाप थियो ।

१०. काश्मिरको सवालमा नेहरूले बाजपेयी, सर्दार पटेल,मेहरचन्द महाजन,भी पी मेननहरूका कुरा सुनेनन् र नै काश्मिरमाथि पाकिस्तानको आक्रमण भएको, भारतीय साले उक्त आक्रमणमा पाकिस्तानलाई पराजित गरेर सिङ्गो काश्मिरलाई भारतको नियन्त्रणमा लिने सुनिश्चितता हुँदाहुँदै पनि नेहरूले भारतीय सेनालाई युद्ध रोक्न आदेश दिएकाले काश्मिर विभाजित भएको बताउने धेरै भारतीय विज्ञ छन् । बाजपेयीको टक्करका विदेश सचिव झन्डै भारतले नपाएको विज्ञहरू बताउने गर्दछन् ।

प्रकाशित: १० माघ २०७९, मंगलवार ०४:४६

Leave a Reply