No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

0

काठमाडौं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले महोत्सवमा ५५ देशबाट आएका करिब पाँचसय चलचित्रमध्ये उत्कृष्टलाई छनोट गरिएको जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रको सात विधामा १४ पुरस्कार वितरण गरिनेछ ।

यसपटक निफका प्रतिस्पर्धी चलचित्र छायाँ सेन्टर, सिभिल मल, लविम मललगायत सिनेमा हलमा प्रदर्शन गरिनेछ । यस क्षेत्रका अनुभवी चलचित्रकर्मी र कलाकारको सहभागितामा विविध कार्यशाला, अन्तक्र्रियासमेत महोत्सवमा सञ्चालन गरिनेछ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न अवसर मिल्ने बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित: ११ माघ २०७९, बुधबार १७:०१

Leave a Reply