No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च

0

अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ ।

नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः कम गर्दै लाने सरकारी योजना अनुसार नवीकरणीय उर्जा उत्पादनलाई महत्व दिइएको हो ।

अष्ट्रेलियाली उर्जा बजार सञ्चालक (एईएमओ)ले बुधबार सन् २०२२ को अन्तिम त्रैमासिकको विद्युत प्रयोगसम्बन्धी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सेप्टेम्बरसम्मको त्रैमासिकको तुलनामा औसत थोक विद्युत् मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको देखिएको जनाएको छ ।

एईएमओका अनुसार, वायु, सुर्यको प्रकाश र पानीेबाट उत्पादन हुने ऊर्जाले अक्टोबर र डिसेम्बरको बीचमा राष्ट्रिय विद्युत बजार (एनईएम) मा लगभग ४०.३ प्रतिशत ऊर्जाको हिस्सा ओगटेको छ, जुन १२ महिना अघिको ३५.८ प्रतिशतको सबैभन्दा उच्च हो ।

सन् १९९८ मा एनईएम सुरु भएयता कालो र खैरो रंगको कोइलाबाट उत्पादित विद्युत् उत्पादन सबैभन्दा कम स्तरमा झरेको छ । एईएमओका सुधार र वितरण हेर्ने कार्यकारी महाप्रबन्धक भायोलेट मौचाइलेहले विद्युत क्षेत्रबाट कार्बन उत्सर्जनमा उल्लेखनीय गिरावट आएको बताए ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार ०३:२८

Leave a Reply