No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘प्रेम आचार्यको घटनाको छानबिन गर्नुहोस्, अन्यथा मानिसका न्यायका पुकार विद्रोहमा परिणत हुन सक्छन्’

0

डा. युवराज संग्रौला ।
प्रेम आचार्यको आत्मदाह घटना सानो घटना होइन । विगत केही महिनादेखि मलाई भेट्न यस्ता थुप्रै पीडितहरु आउनु भयो । केही साथीहरूका समस्या संम्बन्धित निकायामा कुरा राख्ने कार्य पनि भयो । यो अपराध गर्नेहरुमाथि कडा कार्बाही हुनुपर्छ ।
१. यस्तो अवस्थाका पछाडि न्यायप्रति मानिसको आस्थाको नास पनि हो। म नजिकबाट हेरिरहेको छु ।

२. देशमा उद्यम गर्ने युवाहरुमाथि दमन भैरहेको छ र यो देशको अर्थतन्त्र समाप्त गर्ने योजनाअनुसार भैरहेको छ। उत्साही भएर लगानी गर्ने युवाहरुमाथि, बिगत तीन बर्षको कोभिडको महामारी देख्दा देख्दै बैंकहरुले धितो लिलाम गर्ने वहानामा दमन र शोषण गरिरहेका छन् । माफियासँग तालमेल गरि मानिसलाई मर्न बाध्य पारिरहेका छन् ।

३. देशको उत्पादन समाप्त गर्न केही विदेशप्रति बफादार व्यापारीहरु लागेका छन् । बैंकहरु उनीहरुका कब्जामा छन् । बीमा कम्पनी पनि उनीहरुको कब्जामा छन् । संसद पनि उनीहरुको कब्जामा पुगेको छ । यस्ता केही व्यापारीलाई कानुन लाग्दैन । एउटै एलसीबाट तीन पटक सामान आयत गर्ने छुट पनि छ ।

मित्रहरु हेक्का राख्नु होस, देशै रहेन भने कहाँ घुस खानु हुन्छ, कहाँ दलाली गर्नु हुन्छ । राष्ट्र बिनास गर्नेको इतिहास कलंकित हुन्छ। विदेशमा बस्ने कतिपय मित्रहरु बाबुआमालाई हुण्डीबाट पैसा पठाउन लगाएर देश टाट पल्टाउने काम प्रोत्साहित नगर्नुहोस् । तपाईले हुण्डीबाट प्राप्त गरेको विदेशी पैसा अरबमा गरीबले ज्यान दिएर कमाएको रकम हो । प्रधानमन्त्रीज्यू इमान्दार अर्थशास्त्री बोलाएर सोध्नुहोस् देश त मन्दीको बाटो तिर लागिसक्यो। सडकका दुई साइडमा देखिने “टु लेट“ का साइनबोर्ड हेर्नुहोस् । काठमाडौमा गरीब बस्न नदिने आतंक कसरी प्रकट हुँदैछ।

प्रेम आचार्यको घटनाको छानबिन गर्नुहोस् । अन्यथा मानिसका न्यायका पुकार विद्रोहमा परिणत हुन सक्छन् । नेपाल जर्जर हुने बाटो तिर लागेको छ । सत्ताका खेल छोडेर जनताको पक्षमा उभिने हिम्मत गर्नुहोस् । चर्चा उत्तेजनाका खेलले दुनियाँ बदलिन्न भन्ने पनि बुझ्नु आवश्यक छ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार ०४:३७

Leave a Reply