सोमालियाको सेनाले यहाँका विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकू मारिएका छन् ।
सैन्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकूहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका जानकारी दिए ।
उनले सेनाले अल सबाबका लडाकूहरुका विरुद्धमा विशेष प्रतिरक्षात्मक कारबाही सुरु गरेको र यो कारबाही अझै केही दिन रहने बताए ।