No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु, १९ बेपत्ता

0

माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हराएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ । केन्द्रले यहाँका ५५ हजार भन्दाबढी नागरिक आँधीबाट प्रभावित भएका जनाएको छ ।

उनीहरुमध्ये २५ हजार भन्दाबढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार ०६:४१

Leave a Reply