No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इराकमा १४ जनालाई मृत्युदण्डको सजाय

0

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको हत्यामा संलग्न रहेको पाइएको थियो ।

नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले ती १४ जनालाई मृत्युदण्डको सजाय बिहीबार सुनाएको हो ।

सन् २०१४ मा इराकको टिक्रिट सहरमा आइएस आतङ्ककारीहरुले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।

यसरी आम रुपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो । इराकी सहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आइएसले सैनिकमाथि धावा बोलेका थिए ।

उनीहरुले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरु सो समयमा पनि सार्वजनिक भएका थिए । ती सैनिकको हत्यामा संलग्नको खोजी यहाँको सेनाले लामो समयदेखि गरिरहेको थियो ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार ०७:३२

Leave a Reply