No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानमा आत्मघाती विस्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु

0

पाकिस्तानी सहर पेशावरमा भएको बम विस्फोटमा परी कम्तीमा २८ जना जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । स्थानीय समय अनुसार सोमबार दिउसो साढे एक बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विस्फोटन भएको हो ।

सुरक्षा अधिकारीहरूले हमलाकारी अघिल्लो लहरमा बसेर आत्मघाती विस्फोट गराएको बताएका छन् । विष्फोटबाट उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् । अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ । विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन । तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन् ।

कुनै समूहले हालसम्म घटनाको जिम्मेवारी लिएको छैन । प्रधानमन्त्री शहबाज शरिफले कडा शब्दमा त्यस हमलाको निन्दा गरेका छन् । एक विज्ञप्तिमार्फत उनले घटना गराउनेहरूको इस्लामसँगको कुनै साइनो नहुने बताएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो । लेडी रिडिङ अस्पतालका एकजना प्रवक्ताले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताएका छन् ।

प्रकाशित: १६ माघ २०७९, सोमबार १२:३५

Leave a Reply