No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोपाको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने

0

काठमाडौँ । बार्सिलोना र रियल म्याड्रिड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । सोमबार भएको सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्दी पाएको हो ।

अब कोपा डेल रे को सेमिफाइनल यस सिजनको तेस्रो एल क्लासिको हुने भएको छ । यस सिजनको शुरुमा अक्टोबरमा ला लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने बार्सिलोनाले त्यसको बदला लिदै रियादमा सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब सेमिफाइनलको पहिलो लिग मार्च १ मा रियलको घरेलु मैदानमा हुने छ भने दोस्रो लिग अप्रिल पहिलो साता क्याम्प नेउमा हुने छ । त्यस्तै कोपाको अर्को सेमिफाइनलमा भने एथलेटिक कल्ब र ओसासुनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

 

प्रकाशित: १७ माघ २०७९, मंगलवार ०५:५५

Leave a Reply