No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

0

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको जनाएको छ ।

राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताए ।

योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिन्छ । राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि बताए ।

यसैबीच मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवद्र्धनाले सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताए । गत वर्षदेखि श्रीलङ्का चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ जसले देशमा राजनीतिक उथलपुथलसमेत निम्त्याएको छ ।

प्रकाशित: १८ माघ २०७९, बुधबार ०२:१३

Leave a Reply