No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टर्कीमा सन् २०२२ मा ८० प्रतिशतले बढे पर्यटक

0

टर्कीमा पर्यटन गतिविधिबाट सङ्कलन हुने राजस्वमा ५३.४ प्रतिशतले वृद्धि भएको छ । देशको पर्यटन राजस्व सङ्कलन ४६.२८ बिलियन अमेरिकी डलर पुगेको तथ्याङ्क विभागले जनाएको छ ।

सन् २०२२ मा चार करोड ४५ लाखभन्दा बढी पर्यटकहरूले टर्कीको भ्रमण गरेका थिए । पर्यटन मन्त्रालयले जनाएअनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा ८०.३ प्रतिशतले वृद्धि भएको हो ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल बाह्य पर्यटकहरूको रोजाइको प्रमुख गन्तव्य मध्येको एक हो जहाँ सन् २०२२ मा एक करोड ६० लाख बाह्य पर्यटकले भ्रमण गरेका थिए ।

 

प्रकाशित: १८ माघ २०७९, बुधबार ०२:१९

Leave a Reply