No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आत्मदाहका घटना .अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग

0

काठमाडौं । प्रतिनिधिसभामा आत्मदाहका घटना बढेका भन्दै उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरिएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले आत्मदाहका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकको शून्य समयमा सांसद सिंहले आत्मदाहको घटना बढ्नुमा सरकार पनि दोषी रहेको भन्दै यस्ता घटना न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘आत्मदाहका घटना बढेको देखिन्छ। के कारणले आत्मदाह भइरहेको छ, उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस्।’

प्रकाशित: १८ माघ २०७९, बुधबार ०८:०२

Leave a Reply