No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग महामन्त्री थापाको माग

0

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई  मर्कामा परेको भन्दै बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् ।

उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए । उनले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसान दिन पनि माग गरे ।

उनले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए ।

 

प्रकाशित: १८ माघ २०७९, बुधबार ०९:३०

Leave a Reply