No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीलंका सरकारले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई बिनाब्याज ऋण दिने

0

श्रीलङ्काले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ ।श्रीलङ्काको अर्थ मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति तीन हजार दुईसय अमेरिकी डलर ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।

वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बैंकबाट २५ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गरिरहेकोले यो योजना ल्याइएको बताए । विद्यार्थीले कर्जाका लागि बैंक अफ सिलोन, पिपुल्स बैंक र नेसनल सेभिङ्स बैंकमा आवेदन दिन सक्नेछन् ।

उक्त कर्जा विद्यार्थीले रोजगारी पाएपछि भने विभिन्न किस्तामा तिर्ने व्यवस्था मिलाइएको उनले बताए ।

श्रीलङ्कामा प्रत्येक वर्ष लगभग दुई लाख ७० हजार विद्यार्थीहरू विश्वविद्यालय प्रवेश परीक्षाको लागि परीक्षा दिन्छन् भने करिब ४० हजार विद्यार्थीहरूले राज्यद्वारा संचालित विश्वविद्यालयहरूमा भर्ना हुन पाउँछन् ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार ०२:१०

Leave a Reply