No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुरक्षा कारबाहीमा आईएसतर्फ ठूलो क्षति भएको अफगान सेनाको दाबी

0

अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ ।

सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएका अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन् ।

प्रवक्ता मुजाहिदले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन् । कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको उनले बताए । कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको छ ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार ०७:१६

Leave a Reply