No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हिमाल श्रेष्ठको ‘परेलीले’

0

काठमाडौँ । गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ ।

बुद्ध स्याङ्वाको एरेन्ज तथा गायक हिमाल स्वय‌ंकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा मोडल विकाश चौहान र सृजना कार्कीको अभिनय रहेको छ ।

सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार, सिक्किम गर्ल सृजना र अमेरिकामा बस्दै आएका मोडल विकासको अनस्क्रिन रोमान्सलाई निर्देशक प्रकाश धितालले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

‘क’ बाट कछुवा ख खरायो, सानीले, लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक हिमालको ‘देउराली पाखैमा’ बोलको गीतको भिडियो बजारमा आउने क्रममा रहेको छ ।

 

प्रकाशित: ५ चैत्र २०७९, आईतवार ०६:५२

Leave a Reply