No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिव सेनाका सम्पर्क प्रमुख सिंहद्धारा नेता भण्डारीको स्वास्थ्यलाभको कामना

0

प्रेम सिंह जनला ।
मुम्वई । भारतको मुम्वईमा रहेको शिव सेनाका नेपाल राष्ट्रका सम्पर्क प्रमुख एवं नेपाल नागरिक समाजका भारत च्याप्टरका अध्यक्ष अशोक सिंह नेपालीले भारतको एक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता एवं साँसद चन्द्र भण्डारीलाई भेटगरी सीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । मुम्वईस्थित नेश्नल बर्नस सेन्टरमा उपचार गराईरहनु भएका काँग्रेस नेता एवं साँसद भण्डारीलाई भेटन सिंह मंगलवार अस्पताल पुग्नु भएको थियो ।

उक्त अवसरमा समाजसेवी समेत रहनु भएका शिव सेनाका सम्पर्क प्रमुख सिंहले भारतमा रहेका सबै नेपालीका तर्फबाट साँसद भण्डारीको सीघ्र स्वास्थयलाभको कामना गर्नु भएको थियो । उहाँले नेता भण्डारीको उपचारमा भैरहेको प्रगतिबारे अस्पतालका चिकित्सकहरुसंग जानकारी लिदै भारतमा रहेका नेपालीहरुले कुनै सहयोग गर्नुपर्ने भए सक्दो सहयोग गर्ने जानकारी पनि गराउनु भएको थियो ।

नेपालमा ग्याँस बिष्फोटमा परी गंभिर घाईते नेता चन्द्र भण्डारीको मुम्वई बन्र्स सेन्टरमा भैरहेको उपचार प्रगतिउन्मुख छ भने नेपाल सरकारले भण्डारीको उपचार खर्च व्यहोर्दै आएको छ । भारतमा रहेका प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै शिवसेना प्रमुख सिंहले नेता भण्डारीको स्वास्थ्यलाभका लागि गर्नु भएको भेटले दुईदेश वीचको जनस्तरको संवन्धलाई थप उचाईमा पुरयाएको छ ।

प्रकाशित: ७ चैत्र २०७९, मंगलवार १२:२३

Leave a Reply