No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनले रुसलाई हतियार आपूर्ति गरेको छैनः बाइडेन

0

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् ।

विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । ‘चीनले अहिलेसम्म रुसलाई हतियार उपलव्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,’क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलनमा भने ।

साथै उनले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको भन्दै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताए ।

राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताए ।

उनले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस (एयुकेयुस) महत्वपूर्ण सुरक्षा साझेदार भएको बताए ।

यसैसाता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रुस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताए ।

चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना हुने उनले बताए ।

युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार ०९:२४

Leave a Reply