No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

0

काठमाडौं । ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।

शनिबार भएको खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई सात विकेटले पराजित गरेको हो । ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ६५ रन बनायो ।

सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १० दशमलव तीन ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । सुदुरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन् ।

बलिङतर्फ मधेसका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौथरीले एक एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाएका थिए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले दुई दुई तथा इश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन् । जितसँगै सुदुरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ ।

सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा छ । मधेस प्रदेश अङ्कबिहीन बन्दै पुछारमा छ । अहिले कीर्तिपुर मैदानमा कोशी प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल भइरहेको छ । कोशीले जितका लागि एपीएफ क्लबलाई ८८ रनको लक्ष्य दिएको छ ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार ०९:५१

Leave a Reply