No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकाको एउटा प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

0

अमेरिकाको टेनिसीस्थित नाश्भिल सहरको एउटा विद्यालयमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका हुन् । ज्यान गुमाउनेमध्ये अरू तीन जना कर्मचारी हुन् ।

उनीहरू ६० देखि ६१ वर्षका छन् । प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारीको नाम अड्री हेल हो र उनी ट्रान्सजेन्डर हुन् । विद्यालयमा प्रवेश गर्दा हेलसँग एउटा अर्धस्वचालित राइफलसहित तीनवटा बन्दुकहरू थिए । प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो ।

उनी उक्त निजी इसाई प्राथमिक विद्यालयकी पूर्वविद्यार्थी भएको प्रहरीको भनाइ छ । विद्यालयमा तीनदेखि १२ वर्षसम्मका झन्डै २०० विद्यार्थी छन् । प्रहरीले सार्वजनिक गरेका तस्बिरहरूमा आक्रमणकारीले घटनास्थलमा प्रहरी पुग्दा उनीहरूतिर गोली प्रहार गरेको देखिन्छ ।

सन्दिग्ध आक्रमणकारी एउटा कार चढेर उक्त विद्यालयसम्म पुगेको र एउटा प्रवेशद्वारमा गोली हान्दै भित्र छिरेको बताइएको छ। उनी त्यहाँ पुग्दा विद्यालयका सबै द्वारहरू बन्द थिए । हेलले विद्यालय भवनको भुइँतलामा गोली हानेको र त्यसपछि दोस्रो तलातिर गएको प्रहरीले जनाएको छ ।

विद्यालयभित्र प्रवेश गरेर प्रहरीले सन्दिग्ध आक्रमणकारीमाथि गोली प्रहार गर्दा उनको मृत्यु भएको छ । नजिकै पार्क गरिएको एउटा कारको खानतलासी गर्दा आक्रमणकारीले बाल्यकालमा उक्त विद्यालयमा अध्ययन गरेको आधार फेला परेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ०६:१५

Leave a Reply