No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए पूर्वाग्रही हुन्छ : कामु प्रधानन्यायाधीश कार्की

0

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्न नहुने बताएका छन् ।

बिहीबार काठमाडौं महानगरको कार्यक्रममा कार्कीले न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताए । उनले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने बताए ।

उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए । उनले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसावबाट सोच्न जरुरी रहेको बताए ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार १५:३८

Leave a Reply