No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानमा गोली हानी चिकित्सकको हत्या

0

एक जना हिन्दु धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो ।

कराँची महानगरपालिकाका पूर्वस्वास्थ्य निर्देशक तथा आँखा विशेषज्ञ डा गेनानीलाई अज्ञात समूहले गोली हानेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । डा गेनानीसँगै रहेकी एक जना सहयोगी चिकित्सलाई पनि गोली लागेको छ । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । हाल उनी जोखिममुक्त भएकी छन् ।

आक्रमणकारीका सम्बन्धमा ती महिला चिकित्सकसँग प्रहरीले सोधपुछ गरेको छ । अभियुक्तलाई कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।

यसैबीच, सिन्धका गभर्नर कमरान खान टेसोरीले कराँचीका प्रहरी अतिरिक्त महानिरीक्षकसँग घटनाको प्रतिवेदन माग गर्दै आँखा विशेषज्ञको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १०:२२

Leave a Reply