No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्छः अर्थमन्त्री महत

0

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. महतले समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ।’

अर्थमन्त्री महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए । उनले साधारण खर्च कटौती गर्ने र प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए । अर्थमन्त्री महतले लगानी भित्राएर राजस्वको दायरा बढाउने प्रतिबद्धता जनाए ।

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार ११:५७

Leave a Reply