No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई दोस्रोपटक विश्वासको मत प्राप्त

0

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ (२) बमोजिम शुक्रबार कर्णाली प्रदेशसभामा विश्वासको मत मागेका थिए ।

प्रस्तावको पक्षमा ३८ सांसदले मतदान गरेका थिए भने हुन्न भन्ने पक्षमा एक जना सांसदले मतदान गरेका थिए । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ ।

मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा एमालेकी नन्दा गुरुङ्ग सभामुख छिन् भने राप्रापाकी सन्तोषी शाहीले विपक्षमा मतदान गरिन् ।

 

प्रकाशित: १७ चैत्र २०७९, शुक्रबार १२:२९

Leave a Reply