लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्। नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनको लागि वैशाख १४ गते बिहीवार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न उनले आह्वान गरेका हुन्।
संविधानको सो धारा र उपधारामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ।