No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी प्रतिबेदन – जो चोर उसैको ठुलो स्वर ?

धर्मान्तरणको लागि गरिब,निमुखालाई बहकाएर, केही बुद्धिजिबि , केही संचारकर्मि र गैर सरकारी संघ, संस्था मार्फत अरबौको लगानी कस्ले गरिरहेको छ ?यसको उच्च स्तरिय छानबिन हुनुपर्दछ! बिदेशीको रकम खाएर धर्मान्तरण गराउने लाई कानुन बमोजिक कडा कार्यवाही हुनुपर्छ !

0
रामकुमार शर्मा, पूर्व सभाषद ।
———————————-
अमेरिकी प्रतिबेदनले नेपाली हिन्दुहरुको आस्था माथि ठुलो प्रहार गरेको छ! धर्म ,संस्कृति परम्परा ,रितिरिवाज,भेसभुसा आदि व्यक्तिको निजि आस्थाको बिषय हो !
कुनै समय बिश्वको एक मात्र हिन्दु रास्ट्रको रूपमा पहिचान बनाएको, देशको कुल जनसंख्याको ८०%भन्दा बढी जनघन्त्व भएको हिन्दुहरु संबिधान सभाबाट धर्मनिरपेक्षताको घोषणालाई स्वीकार गर्नु भनेको आफ्नो निजि आस्थालाई परित्याग गरेको रूपमा बुझ्नु , उसलाई अपमानित गर्नु,होच्याउनु राष्ट्रहितमा हुन सक्दैन!
अमेरिकी सरकारले नेपाली हिन्दुहरुलाई भारतिय वा भाजपा संग आर्थिक प्रलोभनमा परेर हिन्दु धर्म, संस्कृती र परम्पराको उथ्थानमा लागेको आरोप लगाएर नेपालको करोडौ हिन्दुलाई अपमानित मात्रै गरेको छैन, नेपालीलाई भारत बिरोधी देखाएर नेपालमा आफ्नो प्रभुत्व समेत स्थापित गर्न खोजिरहेको देखिन्छ !
अमेरिकाले बहुसंखयक नेपाली हिन्दु माथि यो आरोप लगाउनु पुर्व ऐनामा आफ्नै अनुसार पहिले हेर्नुपर्छ ? के अमेरिकामा आज सम्म क्रिस्चन धर्माबलम्बी बाहेक अरू कोई पनि रास्ट्रपती बनेका छन ? नेपालमा गरिवी, बेरोजारी र अभावमा रहेका हिन्दुलाई प्रलोभनमा पारेर कस्ले धर्मान्तरण गराईरहेको छ?हजारौको संख्यामा गाउ देखि शहर सम्ममा चर्चको बिगबिग्गी कसरी बढेको छ ?अमेरिकी प्रतिबेदनको समर्थनमा नेपालका कथित बुद्धिजीवी, नागरिक समाजका अगुवा र केहि मीडियाकर्मीहरुले किन बकालत गरिरहेका छन !
मेरो बिचारमा धर्मान्तरणको लागि गरिब,निमुखालाई बहकाएर, केही बुद्धिजिबि , केही संचारकर्मि र गैर सरकारी संघ, संस्था मार्फत अरबौको लगानी कस्ले गरिरहेको छ ?यसको उच्च स्तरिय छानबिन हुनुपर्दछ! बिदेशीको रकम खाएर धर्मान्तरण गराउने लाई कानुन बमोजिक कडा कार्यवाही हुनुपर्छ ! एउटा भनाई नै छ जो चोर उसकै ठुलो स्वर !!
May be an image of 5 people and temple
प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार ११:१०

Leave a Reply