नक्कली शरणार्थी प्रकरणले हाम्रो इज्जत र गौरव लोप भयो छः पूर्वराजा शाह

८ जेष्ठ २०८०, सोमबार १३:१५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् । सोमबार धनगढीमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले पछिल्लो राजनीतिक अवस्थाप्रति यस्तो टिप्पणी गरेका हुन् ।

उनले सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको बताए । उनले प्रश्न गरेका छन्,’के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?’