ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजित

१० जेष्ठ २०८०, बुधबार १५:१७

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । .बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आवाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए । जितसंगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।