हिन्दुराष्ट्र पुर्नस्थापनाबारे शिव सेना र राप्रपा नेतावीच छलफल
आगामी नोभेम्वरमा भारतमा एक विशेष कार्यक्रमको आयोजना गरी राप्रपाको अभियानमा शिवसेनाको तर्फबाट साथ र सहकार्य गर्ने प्रतिवद्धता पनि सम्पर्क प्रमुख सिंहले जनाउनु भएको थियो ।
काठमाण्डौं । नेपालमा राजसंस्था सहितको हिन्दुराष्ट्रका पक्षमा सडकदेखि सदनसम्म संघर्षरत राप्रपाका प्रभावशाली नेताहरु र भारतको शिवसेनाका उच्च अधिकारी वीच काठमाण्डौंमा भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहनु भएका भारतस्थित शिवसेनाका नेपालसम्पर्क प्रमुख अशोक सिंह नेपाली र राप्रपाका प्रभावशाली नेताहरु कुन्ती शाही , ज्ञानेन्द्र शाही वीच काठमाण्डौंमा पछिल्लो भेटवार्ता भएको छ । भेटवार्तामा नेपालमा राजाहितको हिन्दुराज्य स्थापनाका लागि आपसी सहकार्यका मोडलबारे विचार आदनप्रदान भएको जनाईएको छ ।
केहीदिनदेखि काठमाण्डौं भ्रमणमा रहनु भएका शिवसेनाका नेपाल सम्पर्क प्रमुख अशोक सिंह नेपालीले नेपालमा राप्रपाले हिन्दुराष्ट्रको पक्षमा सडकदेखि सदनसम्म गरेका संघर्ष र प्रयाशहरुको उच्च प्रसंशा गर्दै आफ्नो समर्थन र एक्यवद्धता जनाउनु भएको थियो ।
यस्तै, आगामी नोभेम्वरमा भारतमा एक विशेष कार्यक्रमको आयोजना गरी राप्रपाको अभियानमा शिवसेनाको तर्फबाट साथ र सहकार्य गर्ने प्रतिवद्धता पनि सम्पर्क प्रमुख सिंहले जनाउनु भएको थियो ।
राप्रपाका महिला नेतृ एवं पूर्वमन्त्री कुन्ती शाही तथा प्रवक्ता एवं साँसद ज्ञानेन्द्र शाहीले शिवसेनाको तर्फबाट भारतमा आगामी दिनमा हुने कार्यक्रममा सहकार्य गर्ने विश्वास दिलाउनु भएको बताइएको छ ।
उक्त भेटवार्ताका अवसरमा नेपाली चलचित्र जगतका स्थापित निर्देशक चक्र बहादुर चन्द पनि सहभागि हुनु भएको थियो । शिवसेनाका सम्पर्क प्रमुख सिंहले नेपालमा महत्वपूर्ण भेटवार्ताहरु गर्दै आउनु भएको छ ।