No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना, चार जनाको मृत्यु

0

इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा २४ जना पर्यटक थिए । आँधीबेहरीका कारण डुङ्गा पल्टिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हेलिकप्टर प्रयोग र गोतटाखोर परिचालन गरेर उद्धारका काम सम्पन्न गरिएको थियो । डुबेको डुङ्गा निकाल्ने प्रयास भइरहेको छ । चित्ताकर्षक म्यागियोर ताल इटाली र स्विजरल्याण्डको साझा पर्यटकीय गन्तव्य हो ।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार ०८:०१

Leave a Reply