No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाँच महिनामा एक करोड पर्यटकद्वारा हङकङ भ्रमण

0

यस वर्षको पहिलो पाँच महिनामा एक करोडभन्दा बढी पर्यटक हङकङ भ्रमण गरेका छन् । सन् २०२३ को उत्तराद्र्धमा पर्यटन पुनरुत्थानका लागि सकारात्मक दृष्टिकोणको सङ्केत गरेको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले शुक्रबार पर्यटकको आगमन अपेक्षाकृत भएको जनाएको छ ।

एचके टीबीको तथ्याङ्कअनुसार मे महिनामा चीन र दक्षिणपूर्वी एसियाबाट आउने आगन्तुकहरूको सङ्ख्या महामारीपूर्वको स्तरको ६० प्रतिशतभन्दा बढी पुगेको छ । चीनबाट हङकङ प्रवेश गर्न अधिक पर्यटकहरूले उच्च गतिको रेल लिङ्कको प्रयोग गरेका थिए । पर्यटकमध्ये २० प्रतिशत रेल सेवाको लागि छनौट गरको तथ्याङ्कले देखाएको छ ।

एचकेटीबीले विश्वभरका आगन्तुकहरूलाई आकर्षित गर्न वर्षको उत्तराद्र्धमा सात प्रमुख कार्यक्रमहरू सुरु गर्नेछ, जसमा चार वर्षको अन्तरालपछि जुन २४ देखि २५ सम्म हङकङ अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ को आयोजना पनि समावेश छ ।

 

प्रकाशित: १९ जेष्ठ २०८०, शुक्रबार १६:४७

Leave a Reply