No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको बज्यो नक्कली सन्देश

0

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।

ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो–अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ । नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ ।

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई खाली गर्ने घोषणा गरेको छ ।

‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भनेका छन् । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश नक्कली भएको बताएको छ जसको उद्देश्य “शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न“ केन्द्रित रहेको बुझिएको छ ।

एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार १५:१२

Leave a Reply