No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साफ च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

0

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा रहेका छन् । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आभास लामिछाने रहेका छन् ।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर रहेका छन् । साफ च्याम्पियनशिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनशिपको तयारीअन्तर्गत नेपालले जुन १५ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार ११:१५

Leave a Reply