No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारवाही हुन्छः गृहमन्त्री श्रेष्ठ

0

काठमाडौं । सरकारले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारवाही गर्ने स्पष्ट पारेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई नरहेको बताए । उनले घटनामा संलग्न दोषीलाई कारवाही गर्ने बताए ।

उनले मुलुकमा अवाञ्छित र अराजक गतिविधि हुनु दुःखद भएको बताए । गृहमन्त्रीले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चूनौति उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए ।

उनले  इलाममा कोशीका पूर्वमन्त्री रामरान मगरको गाडीमा पहिचानवादी भन्नेहरुले सडकमा ढुङ्गामुडा राखेर अवरोध गर्न खोजिएको देखिएपनि कालोमोसो दलिएको वा अरु केही गरिएको प्रचार सत्य नभएको बताए । गृहमन्त्रीले घटनाका दोषीहरूलाई कानुनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको बताए ।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार ०७:१५

Leave a Reply