No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यथास्थितिमा यो बजेट पास हुन नदिने माधव नेपालको चेतावनी

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई बजेटमा समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले अहिलेको बजेट यथास्थितिमा पास हुन नदिने पक्षमा एकीकृत समाजवादी रहेको बताए। उनले भने, ‘हामी प्रतिपक्षका सांसद भएर होइन, सत्तापक्षकै भएर पनि यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ । धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएर पक्षपातपूर्ण काम गरिएको छ।’

उनले सरकार छाड्नु परेपनि अन्यायकाविरुद्ध लड्ने बताए । उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए । उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताए । उनले जनतालाई पीडा दिने र शोसक सामन्तहरू र दलाल पुँजीपतिहरू हाबी हुन पुग्ने र इमान्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए ।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार ०७:४२

Leave a Reply