No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत

0

सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएको अमेरिका र साउदी मध्यस्थताकर्ताले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

“सुडानी सशस्त्र बल (एसएएफ) र्यापिड  सपोर्ट फोर्सेज (आरएसएफ) का प्रतिनिधिहरू जुन १० देखि स्थानीय समयानुसार बिहान ४ बजे २४ घण्टे देशव्यापी युद्धविराम गर्न सहमत भएका छन्,” साउदी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुडानमा धेरै पटक युद्धविरामका लागि सहमति भएको छ र भङ्ग भएको छ । वासिङ्टनले दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ र दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहर्याएको छ ।

“यदि युद्धरत पक्षहरूले २४ घण्टे युद्धविरामको पालना गर्न असफल भएमा सहजकर्ताहरूले साउदी शहर जेद्दाहमा गत महिनाको अन्त्यदेखि स्थगित गरिएको वार्ता स्थगित गर्न विचार गर्न बाध्य हुनेछन्,” मध्यस्थ प्रतिनिधिहरूले भने ।

गत अप्रिलदेखि नियमित सेना र अर्धसैनिक बल आरएसएफबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध भएको थियो ।

सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार करिब २० लाख मानिस विस्थापित भएका छन्, जसमध्ये चार लाख ७६ हजार छिमेकी मुलुकमा शरण लिएका छन् ।

साउदी र अमेरिकी मध्यस्थकर्ताहरूले विगतका युद्धविरामहरूको असमान कार्यान्वयनप्रति सुडानी जनताको निराशामा आफूहरू पनि सहमत रहेको बताएका छन् ।

“यदि यसको पालना गरियो भने जेद्दाह वार्ता पुनः सुरु गर्न अनुमति दिन सक्ने विश्वास निर्माण गर्ने उपायहरू अवलम्बन गर्न पक्षहरूका लागि २४ घण्टे युद्धविरामले महत्वपूर्ण अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले साउदी अरबको तीन दिने भ्रमण सम्पन्न गरेको एक दिनपछि शुक्रबारको घोषणा आएको हो । साउदस् अरबमा उहाँले सुडानका बारेमा शीर्ष साउदी अधिकारीहरूसँग छलफल गरेका थिए ।

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार १५:००

Leave a Reply