No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजार पाँच अङ्कले घट्यो

0

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से पाँच अङ्कले घटेको छ । सोमबार पाँच अङ्कले बढेको नेप्से मंगलबार पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ ।

मंगलबार व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले बढेको छ । ४० लाख छ हजार कित्ता शेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार ०९:५३

Leave a Reply