No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिचुवानमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, ४८ बेपत्ता

0

चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छभने अन्य ४८ जना बेपत्ता भएका छन् ।

राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताएका छन् ।

नौ दिन अघि भएको उक्त घटनाको विवरण ढिलो उपलव्ध गराएकामा उनले निर्माण कम्पनीका कर्मचारीमाथि कारवाही गरिने बताएका छन् ।

राजमार्ग निर्माणस्थलमा भएको दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एक जना रहेका जनाएको छ । एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए । प्रहरीले घटानको छानविन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताएका छन् ।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार ०९:०२

Leave a Reply