त्रिभुवन विमानस्थल भन्सारका सबै कर्मचारीले मागे एकैपटक सरुवा

१३ भाद्र २०८०, बुधबार ०९:२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका सबै कर्मचारीले सामूहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् ।

भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका हुन् । केही दिनअगाडि मात्र जिल्ला सरकारी कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका सबै कर्मचारीमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।

६० किलो सुन प्रकरणपछि काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सामूहिक सरुवा मागेका छन् । विभिन्न निकायले अनुसन्धान गर्ने नाममा दुःख दिएको, मानसिक तनाव भएको र बिनाप्रमाण थुनामा राख्ने काम भएको उनीहरूको गुनासो छ ।