No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको लक्ष्य

0

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य दिएको छ । मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।

बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो १९औँ शतक हो भने इफ्तिकरको पहिलो शतक हो । बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार १३:४२

Leave a Reply