No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महसा अमिनीका वकिलविरूद्धको मुद्दामाथि सुनुवाई शुरू

0

महसा अमिनीका वकिलविरूद्धको मुद्दामाथि सुनुवाई शुरू
इरानले महसा अमिनीका वकिलमाथि मुद्दा चलाएको छ । गत सेप्टेम्बरमा मृत्यु भएका युवा इरानी कुर्द महासा अमिनीका वकिलमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोपमा मुद्दा चलाइएको हो ।

इरानी पत्रिका इतेमाद दैनिकले वकिल सालेह निकबख्तमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोप लगाइएको अधिकारीलाई उदृत गरी जनाएको छ ।

“पहिलो सुनुवाइ मङ्गलबार भएको थियो र उनलाई विदेशी र स्थानीय सञ्चारमाध्यसँग विशेष गरी महसा अमिनी प्रकरणको बारेमा बोलेकोमा शासनविरोधी प्रचार गर्ने गतिविधि गरेको आरोपबारे सूचित गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

गत सेप्टेम्बर १६ मा २२ वर्षीया अमिनीको हिरासतमा मृत्यु भएको करिब एक वर्षपछि निकबख्तको मुद्दा सुरु भएको थियो । दोषी ठहरिएमा उनलाई एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्छ ।

इटेमादका अनुसार निकबख्तका वकिलले उनलाई  सफाइ दिन आग्रह गर्दै अन्तर्वार्तामा उनले ‘अधिकारीहरूद्वारा देश सञ्चालनको शैलीको आलोचना मात्र गरेको’ बताएका छन् ।

सेप्टेम्बर २०२२ को अन्त्यमा, निकबख्तले अमिनी परिवारले उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीविरुद्ध उजुरी दर्ता गरेको सङ्केत गरेका थिए ।

तेहरानले विदेशी सरकारहरूले उक्साएको ‘दङ्गा’ को संज्ञा दिएको अमिनी प्रदर्शनका क्रममा मारिएका सयौं व्यक्तिहरूमध्ये दर्जनौं प्रहरी अधिकारीहरू पनि थिए ।

अधिकारीहरूले हजारौं प्रदर्शनकारी र उनीहरूका समर्थकहरूलाई पक्राउ गरेका छन् । पश्चिमी कुर्दिस्तान प्रान्तबाट आएका निकबख्तले आफ्नो लामो सेवाको दौडान धेरै इरानी व्यक्तित्वहको प्रतिनिधित्व गरेका छन् । जसमध्ये प्रशंसित फिल्म निर्देशक जाफर पानाही पनि समावेश छन् ।

प्रकाशित: १४ भाद्र २०८०, बिहीबार ०३:५७

Leave a Reply