दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।
हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।