मधेस प्रदेशमा २० सदस्यीय मन्त्रिपरिषद

२२ श्रावण २०८१, मंगलवार १४:३२

 

धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी छन् । प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मन्त्रिपरिषद् पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुनःगठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक÷एक जना राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव  शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

१२ मन्त्रालय रहेको मधेसमा ५ जना थपिँदा मन्त्रीको संख्या २० पुगेको छ ।