
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी हुने तय भएको एक कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।
नेपाली महावाणिज्य दूतावास, न्युयोर्कले सूचना जारी गरी कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । ओली र राणाको व्यस्तता तथा समारोहस्थलको सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगित भएको जनाइएको छ ।
सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगत गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’