ध्रुव महर्जनलाई राप्रपाले बनायो कीर्तिपुर नगरपालिकाको मेयरको उम्मेदवार

१३ कार्तिक २०८१, मंगलवार ०५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा राप्रपाले मेयरमा पार्टीकातर्फबाट महर्जनलाई उम्मेदवार बनाएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

त्यस्तै राप्रपाले वडा नम्बर १ को वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा युवाहरूको ठूलो संख्या राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको छ । अध्यक्ष लिङ्देनले आजै चुनावी प्रचार कार्यालय पनि उद्घाटन गरेका छन् ।