+

पोखराको सेती नदीमा हरिबोधिनी एकादशीमा लाग्यो मेला

२७ कार्तिक २०८१, मंगलवार ११:४१

पोखरा । हरिबोधिनी एकादशीमा पोखराको सेती नदीमा भक्तजनको घुइँचो लागेको छ । मंगलबार बिहानैदेखि नदी किनारामा फूल तार्न, स्नान गर्ने र पूजा गर्न भक्तजनको मेला लागेको छ ।

टाढा टाढादेखि तोरणलाई सेती नदी वारपार टाँग्नका लागि आउने गर्दछन् । चौमास बसेर तोण टाग्न आउदा भजनकीर्तन र बाजासहित भक्तजनहरु आएका थिए ।

हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।

असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी शुरु भै कात्तिक शुक्ल एकादशीसम्म चौमास बसेर पुजा गर्ने गरिन्छ । हिन्दु धर्मग्रन्थमा तुलकी, पिपल, दूबो र शालिकग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिन्छ ।