+

मन्त्रिपरिषद बैठकद्वारा प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

१३ मंसिर २०८१, बिहीबार १३:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमणमा दलमा ३९ जना सरकारी र ४८ जना नीजी क्षेत्रका व्यक्ति सहभागी हुने निश्चित भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि बिहीबार परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् ।