+

भारतीय गुण्डाको नाममा नेपाली व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी

१४ मंसिर २०८१, शुक्रबार ०९:१७

काठमाडौं । प्रहरीले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुयाँल मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट परिचालित रहेको दाबी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार विज्ञप्ति जारी गरी बिहीबार पक्राउ परेका झापाको मेचीनगर–१३ का फुँयाल दुर्गा प्रसाईबाट परिचालित रहेको दाबी गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ । उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ ।’

फुयाँलले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ ।