+

कङ्गोमा विद्रोहीहरूको आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु

१८ मंसिर २०८१, मंगलवार ०१:३६

कंगो । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा आइतबार राति एलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) विद्रोहीहरूको आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै गाउँलेहरु बेपत्ता भएका छन् ।

स्थानीय नागरिक समाजका नेता कातुहो किनोसले कम्तीमा १४ जनाको ज्यान गएको र खोजी कार्य जारी रहेकाले सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

सन् १९९० को दशकमा युगान्डामा धेरै विपक्षी आन्दोलनहरूद्वारा स्थापना भएको एडिएफ युगान्डा सेनाद्वारा पराजित भएको थियो । तर यसका सदस्यहरू पूर्वी डिआरसीमा सक्रिय छन् । एडिएफले सन् २०१७ मा इस्लामिक स्टेटसँग आफ्नो सम्बन्ध घोषणा गरेको थियो ।

सन् २०२१ को अन्त देखि, युगान्डा र डिआरसी सेनाले पूर्वी डिआरसीमा एडिएफ विद्रोही विरुद्ध संयुक्त अभियान सुरु गरेको छ ।

एडिएफ विरुद्ध डिआरसी सेनाको लडाई सन् २०१६ मा सुरु भयो, जब सरकारी सेनाहरू एडिएफ विद्रोहीहरूको खोजी गर्न बेनी क्षेत्रको जङ्गलमा गएका थिए । यसलाई तान्जानियाली, मलावियन र दक्षिण अफ्रिकी शान्ति सैनिकहरूको विशेष ब्रिगेडले पनि निशाना बनाएको थियो ।

सन् २०१७ मा, कम्तिमा १५ तान्जानियाली शान्ति सैनिकहरू बेनीमा एडिएफ आक्रमणमा मारिएका थिए ।